news

पाठ्यपुस्तकका ‘टपिक्स डाउनलोड’ गरी वितरण

2022-Jun-15

नयाँ शैक्षिकसत्र लागेदेखि करिब दुई महिनापछि विद्यार्थीले सबै पाठ्यपुस्तक पाएका छन् । हिमाली जिल्ला मनाङका विद्यार्थीले कक्षा सञ्चालन भएको लामो समयपछि पुस्तक हेरेर पढ्ने अवसर पाएका छन् । “पाठ्यपुस्तकको अभाव हटेपछि बालबालिका पनि खुसी र सहज पठनपाठनमा लागेका छन्, सरकारले बालबालिकाको भविष्यलाई असर पार्ने कार्यको अन्त्य गर्नतर्फ सचेत भए हुनेथियो”, लोकप्रिय माध्यमिक विद्यालय चामेका प्रधानाध्यापक कृष्णदास कोइरालाले बताए ।